युनाइटेड इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

कात्तिक २६, काठमाडौं । युनाईटेड ईन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनाइटेडको आज बसेको साधारण सभाले आ.व. २०७४/०७५ बार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तिय विवरणहरु पारित गरेको छ ।
वार्षिक साधारणसभा कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा बसी सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफलगरि पारित पनि गरियो । त्यसैगरि संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव साधारण सभाको बहुमतले पारित भएको छ ।
साधारणसभाले आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरि बिशेष प्रस्तावको रुपमा पेश भएको सञ्चालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव पनि पारित गरियो ।

यसैगरी कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसँग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।








