हुन पाएन सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी सिफारिस

मंसिर ८, काठमाडौ । आईतबार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पदाधिकारीहरुमा कसैको पनि नाम सिफारिस हुन पाएन् ।
आज दिउँसो पदाधिकारी सिफारिस गर्न बसेको समितिको बैठकले कुनै निर्णय लिन नसक्दा पदाधिकारीहरुको नामहरु सिफारिस हुन नपाएको हो ।
आयोग गठनपूर्व ऐन संशोधन हुनुपर्ने, दुबै आयोगमा पुराना पदाधिकारी दोहोर्याउन नहुने लगायतका मागहरु रहेकोले ‘यसबारे अध्ययन गर्न बाँकी भएकोले आज कुनै निर्णय हुन नसकेको सिफारिस समितिकी सदस्य एवं प्रवक्ता शर्मिला कार्कीले जानकारी दिएकी छिन् । उनका अनुसार अब अर्को बैठक एकदुई दिनमा बस्न भएको छ ।

सिफारिस समितिका अनुसार सत्तारुढ नेकपा र विपक्षी काँग्रेसका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार नै नाम सिफारिस गर्न लागिएपछी आज दिउँसो १ बजे कानून मन्त्रालयमा नामहरु सिफारिस गर्न बैठक डाकिएको थियो।
आज बस्ने बैठकमा गत वैशाखमा पूर्वप्रधानन्यायाधीश ओमप्रका मिश्रको संयोजकत्वमा गठित पाँच सदस्य समितिले राजनीतिक दलले गरेको सिफारिसलाई नै अनुमोदन गरेर पठाउने तयारी रहेको थियो ।








