निःशुल्क आँखा शिविरमा आँखा जचाउनेहरुको घुईंचो

कात्तिक १९, बागलुङ । गलकोट नगरपालिका ७ मल्ममा आयोजना गरिएको १ दिने निःशुल्क आँखा शिविरमा २ सय ४४ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।   

सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्रको सहकार्यमा आयोजित आँखा शिविरमा आएका १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष पाइएको छ ।   

यसैगरी अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए । शिविरमा मोतिया विन्दुलाई आवश्यक परामर्श गरि शल्यकृया गर्न सुझाव दिईएको विशेषज्ञ खत्रीले बताए । त्यस्तै दृष्टि दोष भएकाहरुलाई आँखा जाँच गरी चश्मा वितरण गरिएको छ भने अन्य सामान्य समस्या भएकाहरुलाई आवश्यक औषधी निःशुल्क प्रदान गरिएको थियो ।   

ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले बताए । शिवर सञ्चालनको लागि गलकोट नगरपालिका ७ मल्म हाल जापानमा कार्यरत दिदी भाई सुवास खत्री र शोभा खत्रीले नगद रु २० हजार सहयोग गरेका थिए ।   

सामाजिक संस्थाले स्थानिय स्तरमा निःशुल्क शिविर सञ्चालन गर्दा आम नागरिकको आँखा जस्तो संवेदनशिल अंगको लागि परोपकारी काम भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । आँखा शिविरले आफुहरुलाई राहत मिलेको भन्दै स्थानियले खुसी व्यक्त गरेका छन । शिविरमा दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री, अप्टिसियन उदय खडका र व्यवस्थापनमा सहयोग पुराउनु भएका सन्त बहादुर खत्रीलाई स्वागत तथा सम्मान गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *