१ किलो अवैध सुनसहित हङकङ नागरिक पक्राउ

कार्तिक २७, काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध सुन सहित एक हङकङका नागरिकलाई पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा  ५५ वर्षिय हङकङका नागरिक यिया रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गएराती हङकङबाट क्याथे ड्रागन एयरमा नेपाल आएकी यियालाई भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।   

Image result for १ किलो अवैध

उनलाई हेण्ड व्यागमा  १ किलो सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका यियामाथि आवश्यक अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *