लर्ड बुद्ध एजुकेसनका विद्यार्थीले अब खल्तीमा रोजगारी पाउने

कात्तिक २२, काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्ने रणनितिक साझेदारीको घोषणा गरेका छन् ।   

सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्नशिपका लागि आवेदन दिन सक्नेछन् ।   

छोटो अवधिको इन्टर्नशिप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्नशिपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ ।   

null

त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । ‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ । 

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले यो सहकार्य ‘खल्ती’ र लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ दुबैका लागि ‘विन विन सिचुएशन’ भएको बताए ।   

दुबै संस्थाहरूको एउटै उद्देश्य भनेको नेपालको आईटी उद्योगको विकास गर्नु हो । यस सहकार्यले दुबै संस्थालाई थप उर्जा तथा हौसला प्रदान गर्ने बताइएको छ । खल्तीमा इन्टर्नशिप गर्न आउने विद्यार्थीहरुलाई प्रभावकारी रुपमा सिक्ने अवसर प्रदान गरिनेछ । 

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले खल्ती जस्तो एक प्रतिष्ठित कम्पनीसँग रणनीतिक सहकार्य पाउँदा उत्साहित भएको भन्दै सहकार्य विद्यार्थीहरुलाई एकदमै प्रभावकारी हुने बताए । नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यस सहकार्यले उद्योग र विद्यार्थी बीच रहेको उक्त खाडल केहि हदसम्म पुर्ने अपेक्षा गरिएको छ ।   

सम्झौतामा खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।   

सन् २०१७ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती उदीयमान र रुचाईएको पेमेन्ट गेटवे हो । स्थापनाको छोटो अवधिमै नेपालका ७० भन्दा बढि जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरिसकेको खल्ती दूरदराजमा रहेको जनसंख्या माझ डिजिटल भुक्तानी सेवा पुर्याउन क्रीयाशिल छ । खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो ।   

त्यस्तै, सन् १९९८ मा स्थापना भएको लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो आईटी कलेज हो । स्थापनाको सुरुवात देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज एक गैर–नाफामुलक गैर–सरकारी संस्था हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *