मंसिर ५ देखी छायांकन हुने चलचित्र ‘चपली हाइट ३’को शुभमुहुर्त

मंसिर ३, काठमाडौँ । मंसिर ५ गते देखी छायाँकन हुन लागिएको चलचित्र ‘चपली हाइट ३’ को काठमाडौंस्थित कार्य विनायक मन्दिरमा पुजा गर्दै शुभमुहुर्त गरिएको छ ।
निकेश खड्काले निर्देशन गर्न लागेको यस चलचित्रमा कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमको साथमा नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठलगायत कालकारको अभिनय रहनेछ ।
चलचित्रको शुभमुहुर्तमा उपस्थित भएकी नायिका स्वस्तिमाले भने आफ्नो भूमिकाबारे दोधार भएको बताएकी छिन् । उनले भनिन् म कुनै भूमिकामा पुरै प्रवेश त गर्दिनँ । मेरो दिमागमा मैले पाएको भूमिकालाई यसरी गर्ने भन्ने त छ । तर, छायांकनमा गएपछि त्यसले गती लिन्छ होला ।’

सस्पेन्स थ्रीलर कथामा निर्मााण हुन लागेको यस चलचित्रमा स्वस्तिमाले एक सोझी केटीको भूमिका निर्वाह गर्ने बताईएको छ । चैतमा प्रदर्शन हुने भनिएको चलचित्र अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको सहकार्यमा निर्माण हुन लागिएको हो ।








