पञ्चाङ्ग र राशिफलः यी राशीका मानिसको आज भाग्य बलियो

मंसिर ६, काठमाडौँ । वि.सं. २०७६ मंसिर ६। शुक्रबार। इ.स. २०१९ नोभेम्बर २२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। दशमी, ७:०२ बजेदेखि एकादशी, २८:४० उप्रान्त द्वादशी।
नक्षत्र– उत्तरफाल्गुनी, १५:४१ बजेउप्रान्त हस्त। योग– विष्कम्भ, १२:४६ बजेउप्रान्त प्रीति। करण– भद्रा, ७:०२ बजेदेखि वव, १७:५१ बजेपछि वालव, २८:४० बजेउप्रान्त कौलव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी २ पला।
गुह्येश्वरी यात्रा। स्मार्त्तहरूको उत्पत्तिका एकादशी व्रत। सायन सूर्य १३:१४ बजे धनु राशिमा।
null
तपाईँको राशिफल यसप्रकार छ ।
मेषआज विद्या र बुद्धिके विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति संग भेटघाटपनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।
वृषघरायसी कार्य अगाडी बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सफल यात्राको योगपनि छ ।
मिथुनसौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।
कर्कटसांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।
सिंहवाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
कन्याप्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ ।
तुलामनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउसक्छ । साँझमा पैसा खर्च हुने योग छ ।
वृश्चिकरमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।
धनुलक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
मकरलामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भआज सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमपनि मन्दी आउनसक्छ ।
मीनरमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।








