नेपालद्वारा बंगलादेशसामू १ सय ३९ रनको लक्ष्य प्रस्तुत

मंसिर २, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसामू १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   

बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनायो । 

नेपालका लागि सोमपाल कामीले ४ चौकाको मदतले ६३ बलमा सर्वाधिक ३८ रन बनाए । करण र सोमपालले ५० रनको साझेदारी गरेका हुन् ।   

पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गरेका थिए । भुर्तेल १० रनमा आउट भए । त्यसलगत्तै नेपालले थप १ रन जोड्दा दोस्रो विकेट गुमायो । 

अर्का ओपनर तथा कप्तान मल्ल २२ रनमा आउट भए । शरद १ रनमा पोविलियन फर्किए ।   

यस्तै करणले १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाए ।   

बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३–३ विकेट हात लिए ।   

यस्तै तन्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए । 

अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नै पर्ने दबाब छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =