आजको पञ्चाङ्ग र राशिफल: यी राशीका व्यक्तिको भाग्य बलियो

मंसिर १, काठमाडौँ । वि.सं. २०७६ मंसिर १। आइतबार। इ.स. २०१९ नोभेम्बर १७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। पञ्चमी, १७:२५ उप्रान्त षष्ठी। नक्षत्र– पुनर्वशु, २२:५१ बजेउप्रान्त तिष्य। 

योग– शुभ, २७:३२ बजेउप्रान्त शुक्ल। करण– तैतिल, १७:२५ बजेदेखि गर, २८:३९ बजेउप्रान्त वणिज। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मिथुन, १७:०४ बजेउप्रान्त कर्कट। 

काठमाडौंमा सूर्योदय– ६:२७ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २६ घडी ६ पला। मार्ग सङ्क्रान्ति। सूर्य वृश्चिक राशिमा १२:३१ बजे प्रवेश। सर्वार्थसिद्धि योग २२:५१ बजेपछि। 

null

तपाईँको आज  

मेष   

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । 

मिथुन 

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । 

सिंह 

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथीको आगमन हुनेछ । 

तुला 

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । 

धनु 

घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् । 

कुम्भ 

महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला । 

बृष 

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । 

कर्कट 

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । 

कन्या 

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । 

बृश्चिक 

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला । 

मकर 

आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँको काम पुरा हुनेछ । 

मीन 

बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =