उपनिर्वाचनको लागि कास्की २ बाट भण्डारीको उम्मेदवारी दर्ता

कार्तिक २०, कास्की । सत्तारुढ दल नेकपाको तर्फबाट विद्या भट्टराईले उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ को तर्फबाट उम्मेदवारी दर्ता  गराएकी छिन् ।   

आगामी मंसिर १४ हुन लागेको उपनिर्वाचनको लागि  प्रतिनिधिसभा सदस्यका लागि कास्कीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।   

स्वर्गिय पर्यटन मन्त्री रवीन्द्र अधिकारीको श्रीमती समेत रहेकी  विद्यालाइ  हेलिकप्टर दुर्घटनामा श्रीमन् अधिकारीको निधन भएपछी कास्की–२ को रिक्त रहेको पदको लागि हुन लागेको उपनिर्वाचनमा उनकै श्रीमती विद्यालाई नेकपाले टिकट दिएको थियो । 

Image result for विद्या भट्टराई

उनले उम्मेदवारी दर्ता गर्न जानुभन्दा अघी रविन्द्र अधिकारीको जन्मस्थान भरतपोखरीका ८७ वर्षीया पूर्णकुमारी आचार्य र ८५ वर्षीय बैकुण्ठनाथ आचार्यबाट आशिर्वाद लिएकी बताईएको छ ।   

उनलाई नेकपा नेतृ प्रभा कोइरालाले समर्थन गरेकी छिन् भने प्रस्तावकमा नेकपाका कास्की जिल्ला कमिटी अध्यक्ष कृष्णबहादुर थापा रहेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *