‘अब कांग्रेस तदर्थबादबाट चल्न सक्दैन’ डा. शेखर कोइराला

कात्तिक १५, बुटवल । कांग्रेस अब तदर्थवादबाट चल्न नसक्ने नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । 

नेपाल डेमोक्याट्रिक लयर्स एशोसिएशन प्रदेश नं ५ ले  शुक्रबार बुटवलमा आयोजना गरेको ‘संविधान प्राप्तीको यात्रामा नेपाली कांग्रेस’ बिषयक बिचार गोष्ठिमा बोल्दै कोइरालाले उक्त कुरा बताएका हुन् ।   

पछिल्लो समय पार्टीका भातृ संगठनहरुका तदर्थ समितिहरु गठन गर्न लागिएको तर्फ इङिगत गर्दै डा. कोइरालाले कांग्रेस अब तदर्थवादबाट चल्न नसक्ने ठहर गर्दै भने–‘विगतमा जस्तो तदर्थबादबाट अब कांग्रेस अगाडी बढ्न सक्दैन । कांग्रेस सुध्रेर अगाडी बढ्न आवश्यक छ ।’ 

Image may contain: 9 people, people smiling, people standing

डा. कोइरालाले अब हुने आम चुनावमा पार्टीले स्पष्ट एजेण्डा लिएर जनतासँग जानुपर्नेमा जोड दिएका छन् । ‘सरकारको गलत क्रियाकलापका कारण चुनाव त जितौंला तर कांग्रेसले जनताका आवश्यकताका आधारमा एजेण्डा लिएर जनतामा जानुपर्छ ।’ उनले भने ।   

उनले पार्टी भित्र विचारको बिषयमा बहस गर्ने क्रममा गुट उपगुट हुन सक्ने भएपनि पदको बाँडफाँडका लागि गुट उपगुट स्वीकार्य नहुने जिकिर गरे ।   

मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको भन्दै उनले गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो वर्तमान सरकारबाटै रहेको दाबी गरे । साथै उनले बर्तमान दुई तिहाईको सरकारका गलत कृयाकलाप विरुद्ध पार्टी शशक्त हुनुपर्ने बताए । 

नेता कोइरालाले देशमा आएको संविधान, लोकतन्त्र र गणतन्त्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण खतरामा रहेको समेत दाबी गरेका छन्। ‘संविधान, लोकतन्त्र र गणतन्त्र यदि खतरामा छ भने वर्तमान सरकार र यसको नेतृत्वबाट खतरा छ।’ 

वर्तमान सरकार र संसदले संविधानमा व्यवस्था भएको शक्ति पृथकिकरणको सिद्धान्तको मान्यतालाई लत्याएर स्वतन्त्र न्यायपालिकादेखि राज्यका संवैधानिक निकायहरुमाथि राजनीतिक नियन्त्रण गरी स्वतन्त्र र निश्पक्ष रुपमा चल्न नदिएको उनकाे आरोप छ। 

न्यायलयमाथि राजनीतिक हस्तक्षेप र त्रासको वातावरण छाएको बताउँदै यसमा आफ्नै पार्टीले विगतमा सुशील कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेको कारण पनि अहिलेका न्यायाधीशहरु संसदबाट त्रसिद रहेको बताए। यसैगरी अहिले स्वतन्त्र प्रेसमाथि सरकारले अनेक बहानामा कानून बनाएर नियन्त्रण गर्नेदेखि सेना परिचालनको विषयमा सुरक्षा परिषद ऐन संशोधन गरी मुलुकमा अधिनायकवाद लाद्ने कोशिश गरिरहेको अरोप पनि उनले लगाए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *