तरुणदलका महासचिव शाहीको चेतावनीः प्रधानमन्त्रीसँग हिम्मत छ भने कालापानीमा नेपाली सेना तैनाथ गर्नुहोस्

कात्तिक २८, काठमाडौँ । नेपाली कांग्रेस निटक नेपाल तरूणदलका महासचिव भुपेन्द्रजंग शाहीले सीमा अतिक्रमण भएका सम्पूर्ण स्थानमा नेपाली सेना तैनाथ गरेर देखाउन सरकारलाई चुनौति दिएका छन् ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसलाई जिताउनको लागि सञ्चालन गरिएको ‘तरूण निर्वाचन यात्रा–२०७६’ का क्रममा दाङ पुगेका महासचिव शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अतिक्रमित सीमानामा नेपाली सेनालाई तैनाथ गर्न आग्रह चुनौति दिएका हुन् ।
महासचिव शाहीले भने, ‘राष्ट्रवादी प्रधानमन्त्री ओलीसँग हिम्मत छ भने कालापानीमा नेपाली सेनालाई तैनाथ गनुहोस्। तरूणदलले साथ दिन्छ। होईन भने राष्ट्रवादको नारा मात्र लगाएर देशको सीमा सुरक्षा हुँदैन। प्रधानमन्त्रीले आजका दिनसम्म कुनै पनि भाषणामा भारतको विस्तारवादी चरित्रका बारेमा बोल्नु भएको छैन। खोक्रो राष्ट्रवादको कुनै अर्थ हुँदैन।’

महासचिव शाहीले भने, ‘राष्ट्रवादी सरकारको पालामा देशको सीमा मिचिएको छ। देशमा भ्रष्टचार ब्याप्त छ। नातावाद कृपावादको चंगुलमा देशलाई फसाइ सकिएको छ।’ दाङका प्रदेस उम्मेदवार र घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डांगीलाई अग्रिम शुभकामना दिँदै स्थानीयलाई जनमत प्रदान गर्न आग्रह गरेका छन्।
कार्यक्रममा तरुणदल दाङ्का अध्यक्ष टीका जीएम, तरुण दल रोल्पा अध्यक्ष तिलक बुढाथोकी, तररूणदल मुगुका अध्यक्ष रमेश मल्ल, तरूण दलका केन्द्रीय पार्सद गौरब लामालगायतले कांग्रेसलाई जिताउन आग्रह गरेका थिए ।








