किसान सहकारी रजत वर्षमा

कात्तिक १७, कैलाली । किसान वहुद्देशिय सहकारी संस्था लिमिटेड लम्कीको २४ औ वार्षिकोत्सव तथा रजत जयन्ती आज लम्कीमा सम्पन्न भएको छ । 

कार्यक्रम किसान वहुदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभापतित्व र राष्ट्रिय सभा सदस्य कमलाकुमारी ओलीको प्रमुख आतिथ्यतामा भएको हो । २०५२ सालमा स्थापना भएको सहकारीले २५ औं वर्षगाँठलाई रजत जयन्ती वर्षको रुपमा मनाउने तयारी गरेको छ । यसका लागि वर्षभरी २५ वटा कार्यक्रमको घोषणा गरेको छ । 

हालसम्म संस्थाले ८ करोड रुपैंया मुनाफा गर्न सफल भएको छ भने २१ शाखा मार्फत करिब ५५ हजार सदस्यहरुमा लघुवित्त कार्यक्रम प्रदान गरिरहेको छ । संस्थाले सञ्चालन गरेको हाजिरीजवाफ प्रतियोगीता, कथा लेखन प्रतियोगीता, फोटो खिच्ने प्रतियोगीता, फुटवल प्रतियोगीताका विभिन्न स्थान हासिल गर्ने कर्मचारीलाई सम्मान गरिएको छ ।   

किसान सहकारी सुदुरपश्चिम प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । वार्षिक उत्सव कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले प्राप्त गरेको सफलताको प्रशंशा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *