प्रधानमन्त्रीको राष्ट्रवादी अडानबारे प्रश्न उठाउनु लज्जाजनक कुरा होः सञ्चारमन्त्री

मंसिर ८, कास्की । नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोप  लज्जाजनक भएको बताएका छन् । 

आईतबार उनले नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा यस्तो बताएका हुन् । उनले  पोखराको एक चुनावी आमसभामा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीकै समझदारीमा  भारतले नयाँ राजनितिक  नक्सा सार्वजनिक गरेको भनेर लगाएको आरोप लज्जाजनक भएको बताएका हुन् । 

उनले भने ‘केपी ओलीको राष्ट्रवादी अडानबारे प्रश्न उठाउनु लज्जाजनक कुरा हो, म खेद प्रकट गर्छु । यो सरकारलाई मुन्टो लुकाएर हिँड्नुपर्ने जरुरत छैन,’ देउवाले प्रधानमन्त्रीलाई लगाएको आरोप चुनावी मसला भन्दै उनले आफू सत्तामा छँदा देउवाले भारतसँग गरेका सम्झौता र समझदारीहरुमाथि प्रश्न उठाए । 

राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत बास्कोटाले उठाए । उनले सरकारले आफ्नो असहमतिबारे भारत सरकारलाई नोट पठाएको बताए । साथै उनले यो विषयलाई अनन्तकाल लम्ब्याउने नभई वार्तामार्फत टुंग्याउने समेत बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =