तिलक राईलाई भोट माग्न धरान आए डा. शेखर कोइराला, नेपाली कांग्रेसलाई मौका दिन आग्रह

मंसिर ४, धरान । धरानको उपनिर्वाचनका उम्मेद्वारलाई भोट माग्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला धरान आएका छन् ।   

मंसिर १४ को उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका तिलक राईलाई मत माग्न डा. कोइराला धरान पुगेका हुन् ।   

उनले नेपाली कांग्रेस धरानले आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी हुँदै तिलक राईलाई मत मात्र मागेनन् । धरानका सुकुम्बासीहरुको समस्या समेत सुने । ‘यो क्षेत्रमा सदैव कम्युनिस्टहरुले तपाईहरुलाई झुक्याउने काम गरे, एक पटक नेपाली कांग्रेसलाई मौका दिनुहोस, यहाँको सुकुम्बासी समस्या दिर्घकालिन रुपमा समाधान गर्न पार्टीले पहल गर्छ ।’ डा. शेखर कोइरालाले धरान १६ स्थित गैरी बस्ती, नौलो बस्तीमा संवोधन गर्दै भने ।   

Image may contain: 5 people, people smiling, people standing and outdoor

डा. कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्टले जस्तो जनतालाई झुक्याउने, ठग्ने काम नगर्ने समेत जिकिर गरे । उनले उपनिर्वाचनमा पैसाको भरमा निर्वाचन बिथोल्न र आचारसंहिताविरुद्ध काम हुन सक्ने भन्दै क्षणिक लोभमा नपर्न जनतालाई आग्रह गरे । ‘आफ्नो अमुल्य मतको सदुपयोग गर्नुस, कसैको वहकावमा परेर गलत ब्यक्तिलाई सत्तामा पुर्याउँदा त्यसले तपाई हाम्रो हितमा काम गर्न सक्दैन ।’ डा. कोइरालाले भने ।   

उनले सुकुम्बासीहरुलाई सम्पन्न भएको देख्न चाहने पार्टी भनेकै कांग्रेस रहेको ठोकूवा गर्दै वीपीले भने जस्तै सम्पुर्ण नेपालीलाई आफु जस्तै बनाउने चाहना धरानका उम्मेद्वारको रहेको भन्दै तिलक राईको प्रशंशा पनि गरे ।   

उनले उपनिर्वाचनका संघारमा आचारसंहिता विपरीत काम भइरहे पनि सरकार पक्षले नगरेको भन्दै निर्वाचन आयोग सरकारको नभै संवैधानिक अंग रहेकोले निष्पक्ष भएर अनुगमन गर्न आग्रह गरे ।   

घरदैलो कार्यक्रममा बोल्दै मेयरको उम्मे्दवार तिलक राईले धरानको समग्र विकासमा आफ र पार्टीले विशेष ध्यान दिने बताए । राईले नेपाली कांग्रेस आश्वासन बाँड्ने पार्टी नभएको बताउँदै धरानको सुकुम्बासी वस्तीलाई सुरक्षित बनाउन र सुकुम्बासी समस्या दिर्घकालिन रुपमा समाधान गर्न काम गर्ने प्रतिबद्धता जनाए ।   

धरानको उपनिर्वाचनमा यसपटक सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकै प्रतिष्पर्धा हुने निश्चित छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *