कोका–कोला क्यापमा विजेतालाई टाटा टियागो गाडी

कात्तिक २७, काठमाडौं । “कोका–कोला क्यापमा कार” को विजेतालाई कार उपहार दिइएको छ । कोकाकोलाले हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो कार हस्तान्तरण गरेको छ ।   

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा आज विजेतालाई गाडीको साचो हस्तान्तरण गरे ।   

यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । कोका–कोलाको अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठुलो सफलता हासिल गरेको थियो । 

नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतबाट उपभोक्ताहरु विजेता भएका छन् । बम्पर लक्की ड्र का विजेता अम्बर बहादुर गुरुङले लाखौं सहभागीबाट टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी लागेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =