निन्द्रा नलागेर हैरान हुनुहुन्छ? त्यसाे भए यसाे गर्नुस्

मंसिर १ । दिनभरि काम गरेर थाकेर आएपछि जो कोहीलाई पनि मीठो निद्रा चाहिने हुन्छ । शरीरमा काम गर्नको उर्जा पैदा गर्नका लागि र शरीर र मानसिक रूपले स्वास्थ्य रहनका लागि निन्द्राले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर, आधुनिक जीवनशैली, खराब खानपान, अत्यधिक मोबाइल तथा ल्यापटप चलाउनुका कारण राम्रो निद्रा पर्न गाह्रो सबैलाई हुने गर्छ । 

अधुरो निद्रा तथा पर्याप्त निद्रा नपुग्दा स्वास्थ्यलाई नकारात्मक असर पर्ने गर्छ । निन्द्रा नपुगेको खण्डमा शरीरमा विभिन्न प्रकारका रोगहरू उत्पन्न हुन सक्छ । स्वास्थ्य रहनका लागि दैनिक ७ देखि ८ घण्टा सुत्नु पर्याप्त हुन्छ । अधिकांश मानिसलाई निन्द्रा नलाग्ने समस्याले सताउने गर्दछ । ओछ्यानमा पल्टेपनि निदाउन नसक्ने, राम्ररी निन्द्रा नलाग्ने भनेको एक दुई रात का लागि खासै ठूलो समस्या नभए पनि तर, लामो समयसम्म निन्द्रा नलाग्नेअवस्था लाई अनिद्रा अर्थात् इन्सोम्निया भएको भनिन्छ । 

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. देशराजबहादुर कुँवरका अनुसार अनिद्राको समस्याले शरीरमा लाग्ने धेरैजसो रोगको लक्षण हुनुका साथै धेरैजसो रोग लाग्नुका कारण पनि हो । अनिद्रालाई सामान्य रूपमा हेर्नु हुँदैन । अनिद्राका कारण मानव शरीर र मस्तिष्कलाई चाहिनेजति आराम नपाएको खण्डमा मानसिक स्वास्थ्यमाथि नकारात्मक असर पर्न थाल्छ । त्यसैले छिट्टै निद्रा ल्याउनका लागि केही प्रभावकारी उपायहरू छन् । निन्द्रा नलाग्दा सुतेको नमिलेको भन्दै यता–उता चल्ने गर्छौं । निन्द्रा लागेन भने त्यसरी चल्नु हुँदैन । ५ देखि १० मिनेटसम्म मन तथा मस्तिष्कमा केही कुरा नखेलाई, एकै ठाउँमा शरीरलाई स्थिर राखेर ढल्किँदा कति बेला निन्द्रा लागेको थाह नै हुँदैन । 

Image result for समयमा निन्द्रा नलागेर हैरान

यो एकदम उपकारी उपाय हो । यदि, उक्त उपायले काम नगरेको खण्डमा छिट्टै निन्द्रा पार्नुका लागि सुरुमा ‘हुस’ आवाज निकाल्दै मुखले सास छाड्नु पर्छ अनि पछि मुख बन्द गरी बिस्तारै नाकबाट सास तान्ने गर्नु पर्छ । त्यसपछि फेरि ७ गन्दासम्म सास रोकेर ८ गन्दा मुखबाट सास छाड्नु पर्छ । त्यसैगरी फेरि सास तान्नुस्, केही सेकेन्ड रोकेर मुखबाट छोड्नु पर्छ । यो प्रक्रियालाई दृढ निश्चयका साथ ३ देखि ५ पटक पूरा गर्नुपर्छ । यो विधिका लागि कुनै अर्को साधन आवश्यक छैन । 

छिटो निद्रा ल्याउने यो राम्रो उपाय हो । यसो गर्दा सासको तालमेल मिल्ने हुँदा मन र मस्तिष्क स्थिर हुन गइ थकान टाढा भाग्छ । मुटुले सामान्य गतिमा काम गर्न सक्छ र दिमागको नसामा शान्ति प्राप्त हुन्छ । दिनभरिको थकान तथा तनाव दूर हुन्छ र शरीर पनि हल्का महसुस हुन्छ । र बिस्तारै अन्त्यमा निन्द्रा लाग्छ । अनिद्राको समस्या पहिलाबाट नै छ र यसलाई दिर्घकालिन अवस्थामा हटाउनका लागि यस्ता विधि अपनाउनुभन्दा पनि एक साता अघिदेखि चिया, कफी, सफ्ट ड्रिंक, तेल हालेको खानेकुरा, जंकफुड, चकलेट, चुरोट, रक्सी तथा सूर्तीजन्य पदार्थको सेवनको त्याग गर्नु पर्छ । 

सुत्न २ घण्टा अगाडी नै मोबाइल तथा ल्यापटपलाई बन्द गरेर टाढा राख्ने गर्नु पर्छ । अनिन्द्राको समस्या हटाउनका लागि किताब पढ्ने तथा शान्त खालको संगीत सुन्ने गर्न सकिन्छ । सुत्ने समयमा धेरै पानीको सेवन पनि गर्नु हुँदैन । पानी धेरै पिएमा राति बारम्बार पिसाब गर्न जाँदा निन्द्रा पुग्दैन र कहिले काहिँ उठेपछि निन्द्रासमेत लाग्ने गर्दैन । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =