मंसिर ७ देखि परराष्ट्रमन्त्री रुस भ्रमणमा, यस्तो छ कार्यक्रम

मंसिर १, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंसिर पहिलो साता रुस भ्रमणमा जाने भएका छन् ।   

रुसी समकक्षी सर्गेई लाभ्रोभको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली मंसिर ७ गते रुस भ्रमणका लागि निस्कने तय भएको हो ।   

१७ वर्षपछि नेपालको मन्त्रीस्तरबाट हुन लागेको उक्त भ्रमणका क्रममा मन्त्री ज्ञवाली र समकक्षी सर्गेई बिच दुई पक्षीय हितका मामिलामा वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।   

परराष्ट्रका अनुसार वार्तामा नेपाल र रुसको आपसी हित, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धबारे छलफल हुनेछ। साथै मन्त्री ज्ञवालीले त्यहाँका राष्ट्रपति पुटिनसँग भेट गर्नुका साथै नेपाल भ्रमणको निम्तो समेत दिनेछन् ।   

त्यस्तै त्यहाँ रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले  ‘थिङ्क ट्याङ्क’ सँग छलफल गर्ने पनि कार्यक्रम रहेको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले नेपाल र रुसबिच व्यापार तथा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।   

रसियाको भ्रमण पूरा गरी मन्त्री ज्ञवाली अक्टोवर २७ तारिक अर्थात मंसिर ११ गते सर्भिया भ्रमणमा निस्कने छन्। सर्भियामा उच्चस्तरी भेटघाट र दुई पक्षीय हितका सम्बन्धमा वार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   

मन्त्री ज्ञवाली भ्रमण सकेर मंसिर १४ गते स्वदेश फर्कनेछन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *