गुल्मीबाट २६ किलो लागूऔषध सहित एक पक्राउ

मंसिर १२, गुल्मी । विशेष सूचनाको आधारमा गुल्मी प्रहरीले २६ किलो लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।   

गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट २६ किलो लागूऔषध चरेससहित  प्युठानको गौमुखी गाउँपालिका-३ रजवाराका ३३ वर्षीय बालाराम पुनलाई प्रहरी पक्राउ गरेको हो । 

प्युठानबाट गुल्मी तर्फ आउँदै गर्दा उनलाई प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।   

Image result for पक्राउ

प्रहरीका अनुसार उनीमाथी लागूऔषध ओसारपोसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *