बजारको माग र आवश्यक्ता अनुसारको शिक्षा दिउँ

कात्तिक ३०, विराटनगर । निहारिका कलेजको शनिबार विराटनगरमा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै  १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले अहिलेको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गरिरहेको बताउँदै अब  भने माग र आवश्यक्तालाई ध्यानमा राखेर मात्र शिक्षा दिनुपर्नेमा जोड दिए । 

बजारको माग र आवश्यक्तालाई प्राथमिकतामा राखेर शिक्षा दिन सके बेरोजगारको अवस्था कम भएर जाने उनको भनाई थियो । 

मन्त्री घिमिरेले समृद्धिको आधार कृषि, जलस्रोत र पर्यटन रहेको भन्दै यिनै तीन वटा क्षेत्रमा खपत हुने प्रकारको जनशक्ति उत्पादन गर्न पनि आग्रह समेत गरे । अहिले संघीय शिक्षा ऐन बनि नसकेको अवस्थामा प्रदेशलाई पनि समस्या रहेको मन्त्री घिमिरेको भनाई छ ।   

निहारीका कलेजले नयाँ आएका विद्यार्थीहरुलाई कलेजको बारेमा र कलेजमा पढाइ हुने बिषय अभिमुखिकरणमा जानकारी गराएको थियो । हाल कलेजले बिएस्सी सिएसआइटी, विएचएम, विएचआइएम, बिसिए, बिआइएम र बिबिएस तहमा अध्ययन अध्यापन गराउँदै आएको छ ।   

कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विद्यालयका क्याम्सप प्रु’ख अमित ढकाल, अध्यक्ष रुपेश खतिवडा, मन्त्री घिमिरेलगायतले सम्मान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =