यस कारण गर्भावस्थामा ढाड धेरै दुख्छ, बच्ने उपाय सहित

मंसिर ९ ।  महिलाका लागि गर्भावस्था संवेदनशील समय हो । यो अवस्थामा अन्य सामान्य अवस्थामा भन्दा बढी स्वास्थ्य समस्याहरू आउन सक्छ । जसले गर्दा गर्भवतीको ज्यानै खतरामा पनि पर्न सक्छ ।  

गर्भावस्थामा देखिने प्रमुख समस्या मध्ये ढाड दुख्ने पनि एक हो । गर्भावस्थामा किन ढाड बढी दुख्छ ? यसबाट जोगिन के गर्ने ? भन्ने विषयमा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गणेशबहादुर गुरुङको भनाइ यस्तो छ ।  

करिब ५० प्रतिशत गर्भवतीमा ढाड दुख्ने समस्या हुने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । कतिपय गर्भवतीलाई सामान्य रुपमा ढाड दुखाई हुन्छ भने कतिपयलाई धेरै पीडा हुने गरेको पाइन्छ ।  

Image result for गर्भावस्थामा ढाड धेरै दुख्छ

 यसकारण गर्भावस्थामा धेरै ढाड दुख्छ   

– क्याल्सियम, आइरनको कमी ।   

– गर्भावतीको शारीरिक संरचनामा परिवर्तन आउनु ।   

– गर्भवतीको तौल बढी हुनु ।  

– पेटको आकार बढ्नु, पेटको गोलाईको तालमेल नमिल्दा यसको असर ढाडमा पर्छ र दुख्छ ।   

– पोस्चर नमिल्नु ।  

– धेरै समय सुत्नु ।  

गर्भावस्थामा आमाको मात्र नभएर पेटमा रहेको बच्चाको समेत उत्तिकै ख्याल गर्नु पर्ने हुन्छ । सामान्यतया यस अवस्थामा देखिएका सामस्या बच्चा जन्मिएसँगै आफै हटेर जान्छ । केही महिलामा यो समस्या पछिसम्म पनि रहन पनि सक्छ ।  

बच्ने उपाय   

– चिकित्सकको सल्लाह बमोजिम आवश्यक क्याल्सियम र आइरन खाने ।  

– पौष्टिक आहारयुक्त सन्तुलित खाना खाने । 

–  पोस्चर मिलाएर बस्ने ।  

– शरीरको एक खुट्टा वा कुनै एक अंगमा मात्र बढी भार पर्ने काम गर्नु हुर्दैन् ।  

– निहुरिएर काम गर्दा घुँडा खुम्चाएर मात्र निहुरिने ।   

–  सुत्दा वा बस्दा बच्चालाई असर नगर्ने गरि बस्ने ।  

– धेरै बेर उभिने, सुत्ने वा हिडडुल गर्नु हुँदैन ।  

– शरीरलाई बढी बल पर्ने काम नगर्ने । 

 – हल्का शारीरिक कसरत गर्ने ।  

 – दुखाई बढी भए स्वास्थ परीक्षण गराउने । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *