‘विवादित’ नक्सालाई पाकिस्तानले अस्वीकार गर्ने

कार्तिक २०, भारत । भारतको केन्द्र सरकारले भर्खरै देशको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । नक्सा मुख्यतः नयाँ गठित जम्मू तथा कश्मीर युनियन टेरिटोरी र लद्दाख युनियन टेरिटोरीको भूभाग स्पष्ट गर्न सार्वजनिक गरिएको हो ।   

नक्सालाई पाकिस्तान सरकारले अस्वीकार गर्ने बताएको छ । त्यस्तै उक्त नक्सामा नेपालको सानो भू–भाग भारतमा पारिएको विषयलाई लिएर नेपालमा पनि भारतको विरोध भइरहेको छ ।  तर नक्सामा प्रदेशको राजधानी नै उल्लेख नभएका कुरालाई लिएर भारतकै दक्षिणी राज्य आन्द्र प्रदेशका विभिन्न दलबीच आरोप प्रत्यारोप सुरु भएको छ ।   

आन्द्र प्रदेशमा सरकार चलाइरहेको वाईएसआर कंग्रेस पार्टीले पहिलेदेखि टीडीपी पार्टीको अघिल्लो सरकारले दिल्लीलाई राजधानीबारे सूचित नगराएको आरोप लगाउँदै आएको थियो ।  हाल सार्वजनिक नयाँ राजनीतिक नक्सामा राज्यको राजधानी हैदरावादलाई नै देखाइएपछि उनीहरुले आफ्नो दावी सही रहेको बताउन थालेका छन् ।   

हैदराबाद विगतमा एकीकृत आन्द्र–प्रदेशको राजधानी थियो । हैदराबाद आन्द्र प्रदेशबाट छुट्टिएको तेलांगाना राज्य भित्र पर्छ । आन्द्र प्रदेश पुनरगठन विधानले हैदरावादलाई १० वर्षसम्म दुवै राज्यको साझा राजधानी रहने व्यवस्था गरेको छ ।   

सर्वे अफ इण्डियाले प्रकाशित गरेको नक्सामा ‘आन्द्र प्रदेश र तेलगांनाको प्रशासनिक राजधानी हैदराबाद’ उल्लेख छ । तथापि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैले अमरावतीलाई आन्द्र प्रदेशको राजधानीको रुपमा समुद्घाटन गरेका थिए ।   

अहिले समाजिक संजाल प्रयोगकर्ताहरुले देशको प्रधानमन्त्रीले उद्घाटन गरेपछि पनि अमरावतीलाई राज्यको राजधानीको दर्जा नदिइएको प्रति आश्चर्य व्यक्त गरेका छन् ।  दुई महिना अघि मात्रै पनि राज्यका शहरी मन्त्री बोच सत्यनारायणले अघिल्लो प्रदेश सरकारले अमरावतीलाई राज्यको राजधानी मानेको भनेर कुनै राजपत्र ननिकालेको दावी गरेका थिए ।   

तर टीडीपीका एक विधायक ए. सत्यप्रसादले सन् २०१४ डिसेम्बर ३० मा प्रकाशित राजपत्रले राज्यको स्थायी राजधानीबारे सुचना प्रकाशित भएको दावी गरे । टीपीडीका नेता तथा पूर्व मन्त्री वाई. रामाकृष्णुदुले राजपत्रमा सूचना प्रकाशित नभएको भए वर्तमान सरकार किन अमरावतीमा बसिरहेको भन्ने प्रश्न गरे । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =