महाकाली साझा, पानी आधा-आधा, १५ दिन भित्र अतिरिक्त शुल्क फिर्ता नगरे कारवाही, कालापानी क्षेत्रमा सुरक्षा शून्य

कात्तिक २६, काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरुले भारतले डडेलधुराको कालापानी लिपियाधारामा सीमा अतिक्रमण गरेको विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् ।  आज प्रकाशित कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपुर्ण पोस्ट, नेपाल समाचार पत्र, नयाँ पत्रिका, गोरखापत्र तथा राजधानी दैनिकले कालापानी लिपुलेक सीमा अतिक्रमणका विषयलाई अग्रपृष्ठमा प्रकाशित गरेका छन् ।   

कान्तिपुर दैनिकले राज्य व्यवस्था समितिको ठहर, काली नदीको मुहान नै सीमा शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । संसदको हिजो बसेको बैठकले कालापानी लिपियाधुरा स्थित काली नदीको मुहान नै सीमा भएको ठहर गर्दै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था गर्न र भारतसित कुटनीतिक तथा राजनीतिक वार्ता थाल्न सरकारलाई निर्देशन दिएको छ । यसका साथै नक्सा तयार गर्न र स्थायी सुरक्षा क्याम्प राख्न समेत निर्देशन दिएको छ ।   

कान्तिपुरले मृगौला तस्करीको समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । राजधानी स्थित निदान अस्पतालले केहि दिन अघि नक्कली कागजात बनाएर मृगौला तस्करी गरेको खुल्न आएको छ ।   

नागरिक दैनिकले पनि सीमा अतिक्रमणको विषयलाई अग्रस्थान दिँदै हिजो राज्य व्यवस्था समितिले सरकारलाई दिएको निर्देशनको समाचार बनाएको छ । यसैगरी, मेडिकल विद्यार्थीबाट बढि शुल्क लिएका निजी मेडिकल कलेजलाई १५ दिन बढि लिएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशनको समाचार प्रकाशित गरेको छ । नागरिक दैनिकका अनुसार यदी १५ दिन भित्र मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरे त्यस्ता मेडिकल कलेजहरुलाई कारवाही गरिनेछ । नागरिकले आजको पहिलो पृष्ठमा ठगी आरोपमा पक्राउ परेका उद्योगी रुपज्योतीले अदालतमा दिएको बयानको विषयलाई पनि समावेश गरेको छ ।   

सरकारी मुखपत्र गोरखापत्रले पनि कालापानी विवादकै विषयलाई प्राथमिकता दिएको छ । संसदको राज्य व्यवस्था तथा शुशासन समितिले सरकारलाई दिएको निर्देशनलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । यसका साथै आज बंगलादेशी प्रधानमन्त्री नेपाल भ्रमणमा आउने विषयपनि गोरखापत्रमा छ ।   

अन्नपुर्ण पोस्टले कालापानी क्षेत्रमा सुरक्षा सुन्य शिर्षकमा स्थलगत रिपोर्ट तयार गरेको छ । साथै सुरेन्द्र काफ्लेले यस्तो हो खास नक्सा शिर्षकमा भारतले मिचेको भूमी समेत देखिने नक्सा सहितको समाचार प्रकाशित गरेको छ ।   

नयाँ पत्रिका दैनिकले पनि लिपुलेककै सीमा अतिक्रमणको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । ‘महाकालीमा महाघातः सिंगो महाकाली नदी भारतीय नहरमा’ शिर्षकमा विशेष रिपोर्ट तयार पारेको छ । नयाँ पत्रिका अनुसार महाकाली साझा हो, पानी आधाआधा हो । तर, भारतले पुरै नदी आफ्नो नहरमा खसाएको छ ।   

नेपाल समाचारपत्रले पनि लिपुलेककै सीमा अतिक्रमणको विषय उठाएको छ । संसदको राज्य व्यवस्था तथा शुशासन समितिमा नेकपाका अध्यक्ष तथा समितिका सदस्य पुष्पकमल दाहालले बोलेको कुरालाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । यसका साथै मेडिकल कलेजलाई सरकारले दिएको अल्टिमेटमको समाचार प्राथमिकतामा छ ।   

राजधानी दैनिकले राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनलाई आधार बनाउँदै निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट झण्डै ३ अर्ब गैरकानुनी शुल्क उठाएको समाचार प्रकाशित गरेको छ । राजधानी दैनिकका अनुसार निजी मेडिकल कलेजहरुले प्रति विद्यार्थी दुई देखि साँढे पच्चिस लाख सम्म अतिरिक्त शुल्क असुल गरेका छन् ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =