सात लाख नागदसहित हुण्डी कारोबारी पक्राउ

कात्तिक २५ विराटनगर । अवैध हुण्डी कारोबारमा संलग्न दुईजनालाई सात लाख नगद र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।   

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय नजिकैबाट अवैध हुण्डी रकमसहित शुक्रबार विराटनगर १४ का ३० वर्षीय ज्योतिषकुमार साह र भारतीय नागरिक जोगवनीका १९ वर्षीय विक्कीकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले बताए ।   

को ३० प ७३९६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक ज्योतिकुमार साहको साथबाट ४ लाख र सँगै रहेका विक्कीकुमारको साथबाट तीन लाख गरी सात लाख रुपैयाँ बरामद भएको खिउजुले बताए ।   

हुण्डीको अबैध रकम र मोटरसाईकलसहित पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार  विराटनगर भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *