काठमाडौंको पिङ्गलास्थानमा प्रभु बैंकको नयाँ शाखा

मंसिर १२, काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ०८ गौशाला स्थित पिङ्गलास्थानमा नयाँ शाखा विस्तार गरेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (बिहीबार) बैंकले काठमाडौंको पिङ्गलास्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको १९७ औं शाखा पुगेको छ ।   

बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरेका हुन् ।   

शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी डा. ढकालले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।   

प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने उनको भनाइ छ ।   

उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *