सामाजिक सञ्जालमा लोकप्रिय हुँदै ‘ठेकी भित्र दही छ’

मंसिर ९,बागलुङ । ‘अर्गानिक फल’ गीती एल्वमको ‘ठेकी भित्र दही छ’ ले युट्युव देखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा कब्जा जमाएको छ । गलकोट नगरपालिका दुदिलाभाटी बागलुङका सर्जक एवं बिरु कार्कीको गीती एल्वम ‘अर्गानिक फल’ युट्युवमा सार्वजनिक भएको डेढ हप्तामै सफल भएको छ ।   

गायिका लक्ष्मी मल्ल अनि बिरु कार्कीको आवाज रहेको उक्त गीतको शब्द आफै गायक कार्कीले तयार पारेका छन् । भने, गीतको लय पनि गायक कार्की कै रहेको छ । गीतमा टेलिश्रृङखलाहरुमा अभिनय गरेर चर्चामा आएकी मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको अभिनय रहेको छ ।   

गायक कार्कीले उक्त गीतलाई आफनै युट्युव च्यानल बिरु कार्की मार्फत सार्वजनिक गरेका थिए । गीतलाई कृष्ण केसीले एरेञ्ज गरेका छन् । राग स्टुडियोमा रेकर्ड गरिएको छ गीतको म्युजिक भिडियो भने, मुस्ताङका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएको छ । उक्त म्युजिक भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् ।   

हेर्नुहोस गीत 

https://youtu.be/cZ-JiNnzYfk 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *