चितवनमा चौँथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी सुरु

मंसिर ६, चितवन । चितवनको भरतपुरमा चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ सुरु भएको छ । प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् । 

 कार्यक्रममा बोल्दै मन्त्री भट्टले कृषिलाई औद्योगिकरण , व्यवसायीकरण गर्न हाम्रो भुगोल अनुसारको अत्याधुनिक उपकरणहरुको प्रयोग गर्नुपर्ने बताए । उनले उत्पादनलाई बढाउन खण्डिकरण गरिएका जग्गालाई चक्लाबन्दी गरि व्यवसायिक कृषि गुर्नपर्नेमा जोड दिए । 

 अहिले अन्धाधुन्धरुपमा प्लटिङ गरि आवासिय क्षेत्र बनाइएको भन्दै अब आवासिय क्षेत्र , औद्योगिक क्षेत्र र कृषि क्षेत्रनिर्धारण गर्न आवश्यक रहेको मन्त्री भट्टले बताए । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,कृषि विभाग,कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, प्रदेश ३ को भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको सयुक्त आयोजनामा सुरु भएको प्रर्दशनी करिब एक सयवटा रहेको छ ।  

प्रदर्शनीमा कृषिको आधुनिक प्रविधि,कृषि औजार,यन्त्र , उपकरणहरु राखिएको छ । प्रदर्शनीमा ७० जिल्लाबाट करिव ३५ हजार भन्दा वढिले प्रर्दशनीको अवलोकन गर्नुका साथै १० करोड भन्दा वढिको कारोवार हुने आयोजकको अनुमान रहेको छ । निति निर्माता तथा कृषकहरुलाई कृषि यन्त्र तथा प्रविधि सम्वन्धी जानकारी गराउने,कृषि यान्त्रिकरण प्रविधि तथा सेवाको आन्तरीक बजार प्रर्वधनमा योगदान पुर्याउने,कृषि यान्त्रिकरण व्यवसायी र कृषकबीच समन्वय गर्ने,लगानीको अवसर सिर्जना गर्ने,नेपालको कृषिलाई यान्त्रिकरण मार्फत व्यवसायिकरण गरि आधुनिक कृषि प्रणालीको विकास गर्ने प्रदर्शनीको उदेश्य रहेको छ ।  

नेपाल कृषि मेशीनरी संघका अध्यक्ष स्वयम्भू कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दहाल , राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठ , प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना निर्देशक डा.रेवतीरमण पौडेल ,कृषि यान्त्रीकरण प्रर्वधन केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेल लगायतले मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *