घाँटी रेटेर हत्या

कार्तिक २१, जनकपुरधाम । बिहिबार बिहान घाँटी रेटेर हत्या गरिएको अवस्थामा अन्दाजी ५० वर्षिय एक पुरुषको शव फेला परेको छ ।   

प्रहरीका अनुसार उक्त शव जिल्लाको सिराहा नगरपालिका १२ सारसर बेल्हाको कमलानदीको पूर्वी तटबन्धमा स्थानियले भेटेपटी प्रहरीलाई खबर गरेको हो ।   

शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पुर्याइएको छ भने उनको शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ । प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।   

Image result for घाँटी रेटेर हत्या

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *