आज दिउँसो ओली र प्रचण्डबीच मन्त्री हेरफेरबारे छलफल हुँदै
२०७६ कार्तिक २९ गते

कार्तिक २९, काठमाडौँ । शुक्रबार दिउँसो सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुने भएको छ ।
उच्च स्रोतको अनुसार दिनको ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा यी दुई अध्यक्षबीच मन्त्रीहरुको हेरफेर तथा पार्टी नेतृत्वको जिम्मेवारीबारे छलफल हुन लागिएको हो ।
छलफलमा बहिर्गमनमा पर्न लागेका र नयाँ आउने मन्त्रीहरुका बारेमा निर्णय हुने जानकारी प्राप्त भएको छ ।

त्यसपछी भने गत बिहीबार स्थिगित गरिएको सचिवालय बैठक बस्ने बतार्ईएको छ । सो बैठकमा मन्त्रिमण्डल हेरफेरबारे ठोस निर्णय गर्ने नेताहरुको तयारी रहेकोक छ । गत बिहीबार गरिने भनिएको सचिवालयको बैठक गृहकार्य पुरा नभएको भन्दै स्थिगित गरिएको थियो ।
२०७६ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








