इंग्लिस प्रिमियर लिगः टोटनह्यामले हरायो वेष्टह्यामलाई, ३–२ को अन्तर

मंसिर ८, काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तरर्गत जारी खेलमा टोटनह्यामले वेष्टह्यामलाई ३–२ गोलले हराएको छ ।  टोटनह्यामले खेलको ३६ औँ मिनेटमा सन हियुङ मिङले गरेको गोलसँगै अग्रता लिएको थियो । त्यसपछि ४३ औँ मिनेटमा लुकास मोउराले मिङको पासमा गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा दुई शून्यको अग्रता बनाउन सफल भयो । 

त्यसपछि ४९ औँ मिनेटमा हेरी केनले गोल गर्दै टोटनह्यामका लागि ३ गोल बनाउन सफल भए । त्यहि गोल नै निर्णायक बन्न पुग्यो र ३–२ को अन्तरले टोटनह्याम विजयी भयो ।   

वेष्टह्यामका तर्फबाट खेलको ७३ औं मिनेटमा एन्टोनियोले र त्यसपछि ८९ औँ मिनेटमा वेष्टह्यामले दोस्रो गोल गरेपनि त्यसलाई मान्यता नदिइएपछि खेलको इन्जुरी समयको छैटौँ मिनेटमा एंगोलले वेष्टह्यामका लागि गोल गरे तर सोही गोल नै निर्णायक बनेपछि दुई गोल अन्तरको हार बेहोर्नु परेको थियो ।   

लिगमा टोटनह्यामले १३ खेलमा पाँचौ जित निकालेकोसँगै उसले अंक तालिकामा १८ अंक बनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =