रेडमी नोट ८ र नाेट प्रो सार्वजनिक, यस्ता छन् विशेषता
मंसिर ४, काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का मच्चाउने बताइएको छ ।
कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएको बताउँदै प्रत्येक रेडमी नोटले प्रविधिका पर्खालहरु नाघेर यथास्थीतिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिशनलाई पुनःपरिभाषित गरेको बताए । उनले विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो G90T चिपसेट भएको स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्ने दावि गरे ।
शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रो सर्वोत्कृष्ट फोन रहेको जिकिर गरिएको छ । यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । अक्टा–कोर हेलियो G90T मोबाइल प्लायटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता ल्याएको छ । रिफ्रेस औरा डिजाइनमा गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुर्लभ संयोजन हो ।
एक पूर्ण HD+ १६.५ सीएम (६.५३) डट नोच डिस्प्ले र १९.५ः९ एसपेक्ट रेसियोका साथ यसको सबै भागमा पातलो बेजल छ । रेडमी नोट ८ प्रोको रिअरमा ८.८ एमएम मोटाइ भएको 3D कर्बड ग्लास रहेको छ जसले यसलाई हातमा राख्दा सजिलो महशुस गराउँछ ।
दिनभर टिक्ने ब्याट्री लाइफ नोट सिरिजको विशेषता नै हो र यो पटक ४५०० एमएएच ब्याट्री (१८ वाट्ट चार्जर)ले पुरै दिन उत्कृष्ट गेमिङ र फोटोग्राफी सुनिश्चित गर्दछ ।
हेलियो G90T मा ६.२ आर्किटेक्चरको विशेषता रहेको छ जसमा ६ वटा एआरएम कोर्टेक्स A-55 cores छ जुन २.० GHz सम्म चल्छ भने 2.05GHz सम्म चल्ने दुई Cortex-A76 cores ले भारी काम सजिलै होस भनेर सुनिश्चित गर्दछ । यो क्वाड–कोर Mali G76 GPU 800MHz ले गेमिङ पर्फमेन्समा उच्चतम् गुणस्तर कायम गर्दछ । यसले रेडमी नोट ८ प्रो लाई २८४८७२ पोइन्टको आकर्षक AnTuTu V8 स्कोर पोष्ट गर्न अनुमति दिन्छ ।
शाओमीको सुधारित लिक्वीड कुल प्रविधिले अप्रेटिङ तापक्रम कम गर्दै लामो अवधिसम्म कायम रहने पिक पर्फमेन्स सुनिश्चित गर्दछ । LPDDR4X RAM को ८ जीबीसम्म क्षमता भएको रेडमी नोट ८ प्रो शक्तिशाली गेमिङ स्मार्टफोन हो । एक अतिरिक्त वाइफाइ एक्स एन्टेनाले निर्बाध गेमिङको अनुमति दिन्छ यसको मतलब रेडमी नोट ८ प्रो मा TÜV Rheinland’s नेटवर्क लेटेन्सी प्रमाणीकरण छ ।
रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ । यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ । यसले रेडमी नोट ८ प्रो लाई बहुमुखी इमेजिंग टुल बनाएको छ ।
विश्वकै पहिलो ६४ एमपी स्मार्टफोन, रेडमी नोट ८ प्रोमा परिष्कृत इमेजिंग प्रविधिको प्रयोग गरिएको छ जसले तस्वीरहरु तीव्र, विस्तृत र आकर्षक रंग उचित ढंगले खिच्दछ । कम प्रकाशमा, रेडमी नोट ८ प्रोको मुख्य क्यामेराले स्वचालित रुपमा सुपर पिक्सल ट्रिगर गर्दछ र ४ पिक्सलबाट प्राप्त भएको जानकारीलाई एउटैमा मिलाएर १६ एमपी सट प्रदान गर्दछ ।
रेडमी नोट ८ प्रो अमेजन एलेक्सा बिल्ट इन सार्वजनिक गर्ने नेपालकै पहिलो स्मार्टफोन हो । रेडमी नोट ८ प्रो डुअल वेक भएको विश्वकै पहिलो स्मार्टफोन हो जसमा दुवै गुगल एसिस्ट र अमेजन एलेक्सा एकैसाथ प्रयोग गर्न सकिन्छ ।
रेडमी नोट ८ प्रो मा ठुलो क्षमता भएको ४५००mAh ब्याट्री मात्र नभएर आउट अफ बक्स १८ वाटको यूएसबी टाइप–सी फास्ट चार्जिङ पनि छ । प्रयोगकर्ताहरुले १८ वाट्ट फास्ट चार्जिङको लाभ लिन सक्छन् जुन आउट अफ बक्स हो ।
रेडमी नोट ८ ४८ एमपी क्वाड क्यामेरा सेटअप सहित लोकप्रिय नोट ७ एसको अलराउन्ड अप्ग्रेड हो । ६.३ इन्च डट नोच डिस्प्लेको र औरा फ्लुइड रेडमी नोट ८ ले इमर्सिभ FHD+भिज्योल अनुभव प्रदान गर्दछ जसको प्रभावशाली स्क्रिन–टु–बडी रेसियो ९०% रहेको छ । TÜV Rheinland प्रमाणित डिस्प्लेले ब्लु लाइटलाई फिल्टर गरेर प्रयोगकर्तालाई आँखाको तनावबाट जोगाउँदै आरामदायी अवलोकन अनुभव प्रदान गर्दछ ।
यसमा कर्निङ गोरिला ग्लास ५ को प्रयोग गरिएको छ । यसले अगाडि र पछाडिको भागलाई दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट जोगाउछ । यसका साथै रेडमी नोट ८ मा P2i न्यानो कोटिङ छ जसले स्प्लास प्रतिरोधी बनाउँछ ।
रेडमी नोट ८ एक फोटोग्राफी पावरहाउस हो जसको रियरमा क्वाड क्यामेरा सेटअप छ । यसको ४८ एमपी अल्ट्रा हाई रिजोलोशन प्राइमेरि क्यामेरामा ½ इन्च सेन्सर, f/1.79 अपर्चर र ७९.४ डिग्री फिल्ड भ्यू जस्ता विशेषता छ । यसको ८ एमपी अल्ट्रा वाईड क्यामेरा, १२० डिग्री फिल्ड भ्यू, २ एमपी म्याक्रो लेन्स, २ एमपी डेप्थ सेन्सरले कुनै पनि दुरिका आकर्षक तस्वीर खिच्न मद्दत गर्दछ ।
रेडमी नोट ८ को अघिल्लो भागमा १३ एमपी सेल्फी क्यामेरा छ जसको f/2.0 अपर्चर र बिल्ट–इन एआई प्रविधिले प्रयोगकर्तालाई प्रत्येक पटक पर्फेक्ट सेल्फी खिच्न मद्दत गर्दछ । फ्रन्ट क्यामेरामा प्यानोरमा सेल्फीको विशेषता छ जसमा ग्रुपका सबैलाई समेटेर तस्वीर लिन सकिन्छ ।
क्वालकम स्न्यापड्रेगन ६६५ मोबाइल प्लायटफर्मले पावर इफिशेनसी कायम गर्दै उत्कृष्ट प्रर्फमेन्श प्रदर्शन गर्दछ जसमा ४००० एमएएच ब्याट्री र आउट अफ बक्स टाइप सी १८ वाट्ट चार्जिङ रहेको छ ।
रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा क्रमश रु १८,९९९ मा रु २३,९९९ मा उपलब्ध हुनेछ । यो फोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा रहेका छन् ।
रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा रु २६,९९९, रु २९,९९९ र रु ३२,९९९ मा क्रमश उपलब्ध हुनेछ । यो फोन तीनवटा कलर भेरियन्ट–गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याकमा रहेका छन् ।