बागलुङमा भरुवा बन्दुकसहित चार पक्राउ

कार्तिक २४, बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो । 

उनीहरूको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनीहरूलाई शनिबार नै जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएको छ । रासस 

Image result for भरुवा बन्दुक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *