सामूहिक बलात्कार गरे अनि युवतीलाई जिउँदै जलाए

कार्तिक १७, नयाँ दिल्ली । भारतमा डरलाग्दाे घटना सार्वजनिक भएको छ । भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई युवकले सामूहिक बलात्कार गरी जिउँदै जलाएकाे घटना सार्वजनिक भएकाे हाे ।   

घटना तथा पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिएका हुन् । युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्‍याए पनि उपचारको क्रममा उनको मृत्यु भयो ।   

घटना अक्टोबर ३० तारिखको हो । घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । यसमा पीडितले आरोपीको नाम बताइरहेका छन् । घटनाको तीन दिनपछि पुलिसले मुद्दा दर्ता गरेको छ । आरोपी फरार छन् । 

Image result for युवतीलाई जिउँदै जलाइयो

भारतीय मिडियामा प्रकाशित जानकारी अनुसार चन्डौसको चिमनपुर गाउँमा बस्ने २२ वर्षीया युवती घरमा एक्लै थिएन् । आमा खेतमा काम गर्न गएकी थिइन् । यतिबेला गाउँका दुई युवक अजय र मनिष अचानक घरमा छिरे । दुबैले युवतीलाई बलात्कार गरे । त्यसपछि आरोपीले उनीमाथि मट्टीतेल खन्याएर उनलाई जिउँदै जलाइदिए । 

युवती चिच्याएको सुनेर छिमेकी घटनास्थल पुग्दा उनी नराम्रोसँग जलिसकेकी थिइन् । यतिबेला युवतीले छिमेकीलाई आफूमाथिको घटनाबारे जानकारी दिइन् । मानिसहरुले उनको भिडियो पनि बनाए । 

एसपी सिटी अभिषेकले आमाको निवेदनमा आरोपीमाथि दुष्कर्म र हत्याको मुद्दा दर्ता गरिएको छ । थाना प्रभारीलाई साक्षी जुटाउन र कठोर कारवाहीका लागि निर्देशन दिइएको छ । भिडियोको पनि अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *