यू–१९ च्यालेञ्जर्स ट्रफी अन्तर्गत भारतमा जारी क्रिकेटमा नेपालको लगातार तेस्रो हार

कात्तिक ३०, काठमाडौँ । भारतमा जारी यू–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । भारतको हैदराबादमा भएको लिग चरणको अन्तिम खेलमा नेपाल शुक्रबार भारतको ब्लू टोलीसँग दुई विकेटले पराजित भएको हो । यो नेपालको लगातार तेस्रो हार हो । 

नेपालले दिएको २११ रनको लक्ष्य भारतले ४६ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर पुरा परेको थियो । उसका लागि दिभ्यनास जोशीले सर्वाधिक ५४ रन बनाए । कृतिककृष्ण सेट्टीले ३९, हर्ष राजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२ र निर्मल कुमारले अविजित २० रन जोडे । 

बलिङतर्फ नेपालका आकाश चन्दले ४ विकेट लिए भने सागर ढकालले २, कुशल मल्ल र शेर मल्लले एक÷एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका लागि कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले ।   

यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ तथा कुशल मल्लले १२ रन बनाए । बलिङतर्फ भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा विनोदले २ विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा भारत ‘सी’सँग १० विकेटले तथा  दोस्रो खेलमा भारत ‘ए’सँग १०७ रनले हार ब्यहोरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *