नेपाली भूमि फिर्ता गर्न सरकारको भूमिकाः प्रतिक्रिया प्रशस्त, कुटनीतिक पहल सुस्त, विदेशमा हासिल विज्ञता स्वदेशमा उच्च आकर्षण, ५ देखि १० मन्त्री फेरिँदै

मंसिर ४, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशित पत्रपत्रिकाहरुले आज मन्त्रिपरिषद् पुनर्गठन हुने विषय र नेपाली भूमि फिर्ताका लागि कुटनीतिक पहल सुस्त भएको विषयलाई फ्रन्ट पेजमा समाचार लेखेका छन् ।   

नयाँ पत्रिका दैनिकले कालापानी क्षेत्र फिर्ता गर्न सरकारको भूमिकाः प्रतिक्रिया प्रशस्त, कुटनीतिक पहल सुस्त शीर्षकमा समाचार छापेको छ । नयाँ पत्रिकाका अनुसार कालापानी लगायत अतिक्रमित भूभाग फिर्ता गर्न सरकारका तर्फबाट भारतसँग औपचारिक संवाद सुरु हुन सकेको छैन, बरु भारतीय राजनीतिक नेतृत्वबाट कालापानी आफ्नै हिस्सा भएको भन्दै दाबी दोहोरीन थालेको छ ।   

त्यसैगरी नेपाल समाचारपत्रले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनमत संग्रह भएको पुष्टि शीर्षकमा समाचार छापेको छ । गोरखापत्र दैनिकले विदेशमा हासिल विज्ञता स्वदेशमा उच्च आकर्षण शीर्षकमा सामाचार फ्रन्ट पेजमा छापेको छ ।   

आजको अन्नपूर्ण पोस्टले ५ देखि १० मन्त्री फेरिँदै शीर्षकमा समाचार छापेको छ । पत्रपत्रिकाको फ्रन्ट पेजमा छापिएको अन्य समाचार यस प्रकार छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *