जोखिमबाट सुधारतर्फ प्रधानमन्त्री, अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ को मृत्यु १७ घाइते, पारवहन सन्धीमा अब जलमार्ग, एउटै ठेकेदारका अर्बका ठेक्का अलपत्र

मंसिर १२, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने पत्रपत्रिकाहरु अधिकांशले अर्घाखाँचीको यात्रुबाहक बस दुर्घटनालाई प्रमुख बनाएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको विषयलाई पनि पत्रपत्रिकाले फ्रन्ट पेजको प्रमुख समाचारका रुपमा स्थान दिएका छन् ।   

आजको नयाँ पत्रिका दैनिकले फ्रन्ट पेजमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका विषयमा समाचार छापेको छ । नयाँ पत्रिकाले जोखिमबाट सुधारतर्फ प्रधानमन्त्री शीर्षकमा समाचार छापेको छ भने अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ को मृत्यु १७ घाइते शीर्षकमा समाचार छापेको छ ।   

त्यसैगरी आजको गोरखापत्र दैनिकले पनि प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी समाचार छापेको छ भने नेपालले ध्वजावाहक पानीजहाज चलाउन पाउने, पारवहन सन्धीमा अब जलमार्ग शीर्षकमा समाचार छापेको छ ।   

आजको अन्नपूर्ण पोस्टले नेनपाल भारत सीमा समास्या सम्बन्धी समाचारलाई भारतीय राजपत्र भन्छ, लिम्पियाधुरा नेपालकै हो शीर्षकमा समाचार छापिएको छ भने एउटै ठेकेदारका अर्बका ठेक्का अलपत्र शीर्षकमा अर्को समाचार छापेको छ ।   

अन्य पत्रपत्रिकाले छापेका समाचार र पत्रपत्रिकाको फ्रन्ट पेज यसप्रकार छ ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *