भारतबाट अवैध रुपमा ल्याउदै गरेको १० बोरा पोटास प्रहरीको नियन्त्रणमा

कात्तिक १७, विराटनगर । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको पोटास मोरङको पथरीमा प्रहरीले नियन्त्रणमा लिएको छ । 

अमरदह हुँदै पथरी आउने क्रममा १० बोरा पोटास आइतबार बिहान १२ बजे पथरीबाट नियन्त्रणमा लिएको हो ।   

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएका प्रहरी टोलीले अमरदहबाट पथरीतर्फ आउँदै गरेको को १ ख ३७३० नं. को बसलाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

null

५० केजिको १० बोरा पोटास ५ सय केजी रहेको छ । उक्त पोटास भन्सार छली गरी अवैध रुपमा नेपाल भित्राएको प्रहरीको दावि छ । पोटासलाई आश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय पठाउने मोरङ प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *