जाडोमा बदाम खानुकाे यतीधेरै स्वास्थ्य फाइदा

मंसिर ८, । बदाम पौष्टिक तत्वको भण्डार हो प्राय खाना डेकोरेट गर्न होस् या जाडोमा घाममा बसेर खान मन पराईन खानामा पर्दछ बदाम । बदाम पौष्टिकले भरपुर मात्र नभई शरीरमा औषधीको रुपमा पनि काम गर्ने गर्दछ । 

 फाईदा यस्ता छन्ः 

तौल नियन्त्रण गर्छः बदाम थोरै खाए पनि छिट्टै अघाईने हुनाले अन्य क्यालोरियुक्त खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ । मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् । 

Image result for बदाम

क्यान्सर हुनबाट जोगाउँछ बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ जसले मूख्य गरी ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ । कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा पाईने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ । 

डायबिटिजबाट जोगाउँछः बदाममा म्याग्नेसियम भरपुर हुने कारणरण शरिरमा उचित मात्रामा ब्लड सुगर लेबल मेन्टेन गर्न र डायबिटिजको समस्याबाट जोगाउँछ । 

स्ट्रोकको खतराबाट जोगाउछः बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ । 

डिप्रेसनबाट जोगाउँछः बदाममा हुने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ती हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस 

शिशुलाई स्वस्थ बनाउँछः बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ । 

छालामा चमक ल्याउँछः बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउछ । बदाममा पाइने पोषणयुक्त फाईबर छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ । बदाममा बृद्ध हुनबाट जोगाउने अणु हुन्छ जसले छालालाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदामको सेबनले अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन । 

कपाल सुन्दर बनाउँछः बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *