नेपाली फिल्मकर्मी तर्साउनेलाई दिपकको कडा चेतावनी

कार्तिक २८, काठमाडौँ । नायक तथा निर्माता दीपकराज गिरीले  प्रयाप्त शो हरू नपाउदाँ पनि “छ माया छपक्कै “यो बर्षकै सबैभन्दा बढि ग्रस् कलेक्सन गर्न सफल भएको जानकारी दिएका छन् । 

उनले बिहिबार सामाजिक संजाल फेसबुक मार्फत आफ्ना दर्शकमाँझ  “छ माया छपक्कै” ले ग्रस् कलेक्शन गर्न सफल भएकोमा खुशी सेयर गर्दै यस्तो जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्  “छ माया छपक्कै “यो बर्षकै सबैभन्दा बढि ग्रस् कलेक्सन गर्ने चलचित्र भएकोमा यो खुशि आदरणिय दर्शकहरू संग शेयर गर्न चाहन्छौ” 

साथै उनले विदेशी फिल्मबाट दाल भात खाने र नेपाली  फ़िल्मकर्मीलाइ तर्साउनेमाथी आक्रोश पनि पोखेका छन् । उनले लेखेका छन् ” बिदेशी फ़िल्म बेचेर दाल भात खाइ नेपाली फ़िल्मकर्मी लाइ तर्साउने हरू बिरूद्द सशक्त भएर अगाडि बढ्ने प्रण पनि गर्छौ ।” 

Related image

उनले फेसबुकमा “आज म लेख्दैछू।।। 

अनेकौ बाधा , अबरोध र अडचन का बाबजूद यस पटक पनि दर्शकहरूले हामिलाइ असाध्यै माया गर्नु भयो 

भारत बाट हिन्दी फ़िल्म किनेर ल्याएर नेपाली फ़िल्म लाइ शो हरू कम दिन हलहरूलाइ दबाब श्रृजना गर्ने बितरक का कारण हामिले प्रयाप्त शो हरू नपाउदा नपाउदै पनि “छ माया छपक्कै “यो बर्षकै सबैभन्दा बढि ग्रस् कलेक्सन गर्ने चलचित्र भएकोमा यो खुशि आदरणिय दर्शकहरू संग शेयर गर्न चाहन्छौ 

चलचित्र बाट आर्जन केहि रकम सधै झै सामाजिक कार्यमा लगाइनेछ , 

भबिष्यमा अझै राम्रो चलचित्र बनाउने हाम्रो कोशिस 

रहनेछ साथै बिदेशी फ़िल्म बेचेर दाल भात खाइ नेपाली फ़िल्मकर्मी लाइ तर्साउने हरू बिरूद्द सशक्त भएर अगाडि बढ्ने प्रण पनि गर्छौ 

र बिदेशी फिल्मलाइ प्रतिबन्ध होइन निश्चित कोटा लगाउने संचारमंत्रीको उदघोष लाइ स्वागत गर्दै हामि हाम्रो नेपाली चलचित्रको गुणात्मक बृद्दिका लागि सबै निर्माताहरू संग छलफल र सहकार्यका लागि समेत पहल गर्ने छौ ।।।। 

जय दर्शक ! जय नेपाली चलचित्र !!! लेखेर शेयर गरेका छन् ।   

असोजको २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘छ माया छपक्कै’ले केही मल्टिप्लेक्समा कम शो पाए पनि  चलचित्रले सिंगल र मल्टिप्लेक्समा निकै राम्रो व्यापार गर्न सफल भएको थियो ।  यस चलचित्रलाइ दर्शकले अती मन पराएका थिए ।  

राजनीतिक विषयमा सामाजिक अभाव र प्रेम मिश्रण गरी बनाईएको   ‘छ माया छपक्कै’मा दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायत कलाकारको मूख्य भूमिका रहेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *