च्यासलमा तीन जापानीज खेलाडी, सन्तोष साहुखलले पनि च्यासलबाटै खेल्ने

मंसिर १०, काठमाडौं । च्यासलले युथ क्लबले शहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानीज खेलाडीलाई अनुबन्धन गर्ने भएको छ । एसियन फुटबलको पावर हाउसका रुपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्धन गर्न लागेको हो ।   

यासलले यस अघि नै एक जापानीज खेलाडीलाई अनुबन्धन गरिसकेको छ । मिडिफिल्डर जुन इचि ओजावालाई च्यासलले चन्द्रागिरी गोल्डकपमा समेत खेलाएको थियो । त्यसैगरी सन्तोष साहुखलले पनि च्यासलबाट खेल्ने क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताएका छन् । 

च्यासलले अन्य दुई जापानी खेलाडीलाई भित्राउन लागेको हो । हायातो वाकिनो र ताइगा नाकामुरालाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो । हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेल्दथिए । उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव छ । ताइगो नाकामुरा जापानीजत राष्ट्रिय यू १५ टिमका कप्तान समेत भएका थिए । उनीले लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडमा आवद्ध भएर खेलेका थिए । 

यस अघि नै आवद्ध भइसकेका जुन इचि ओजावा गोयो एफसी मंगालिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे । 

मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । च्यासलले अन्य खेलाडीलाई पनि आवद्ध गराइसकेको छ । ललितपुरको अर्काे क्लब थ्रीस्टारमा खेल्दै आएका खेलाडीलाई यस पटक च्यासले आवद्ध गराउन सफल भएको छ । गोलरक्षक एलन न्यौपाने, मिडफिल्ड सुनिल वल, डिफेन्डर दिनेश राजवंशी, नितिन थापालाई समेत च्यासलले आवद्ध गरेको छ । यी चार जना नै थ्रीस्टारबाट खेल्थे । छिरिङ्ग गुरुङ, हेमन्त थापामगर च्यानलमै रहेका छन् । सहायक कोचमा वाल गोपाल साहुखललाई आवद्ध गरेको च्यासलका अध्यक्ष रमेश ब्याञ्जनकारले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =