सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार राशी वृद्धि गर्ने घोषणा


मंसिर १०, काठमाडौँ । मंगलबार सरकारद्वारा सागमा पदक जित्ने खेलाडीहरुलाई पुरस्कार राशीमा उल्लेख्यनीय वृद्धि गर्ने घोषणा गरिएको छ ।
आज काठमाडौँमा सागका खेलाडीहरु उपस्थित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा रहेको थियो । तर प्रधानमान्त्री अस्वास्थ्य भएपछी समारोहलाई सम्बोधन गर्दै सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले भने ‘प्रधानमन्त्रीले पदक जित्ने खेलाडीको पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरिदिनू भनेर मलाई भन्नुभएको थियो, कति वृद्धि हुन्छ त्यो प्रधानमन्त्रीले प्रस्ताव ल्याउनुहोला, तपाईँहरु जित्ने लक्ष्यमा लाग्नुहोस्’,
उनले खेलाडीहरुालई १३ औँ दक्षिण एसियाली खेलकुदमार्फत सकारात्मक सन्देश दिएर भ्रमण वर्ष सफल पार्ने अभियानमा लाग्न समेत आग्रह गरे ।
उनले भने ‘भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपाल आउने खेलाडी तथा प्रशिक्षकहरु एक प्रकारका दूत बनेर आउँदैछन् उनीहरुमार्फत भ्रमण वर्षको सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेबारी तपाईँ हाम्रो काँधमा छ, राम्रो सन्देश बाँड्नुहोस्’
प्रधानमन्त्रीलाई सोमबार राती पेट दुखेपछि मंगलबार बिहान उपचारको लागि अस्पताल जाँदा उनलाई एपेन्डिसाइटिस भएको देखिएपछी तत्कालै अप्रेशन गर्नुपरेछी प्रधानमन्त्रीले उक्त कार्यक्रमलाई सम्बोधन गर्न पाएनन् ।
हाल उनकाे अप्रेशन सम्पन्न भई सकेको छ तर चिकित्सकले केही दिन हस्पिटलमै बस्नु पर्ने बताएका छन् ।
