सिरहामा पेस्तोलसहित एक पक्राउ

मंसिर ५, सिरहा । सिरहामा अमेरिकी पेस्तोलसहित एक जना पक्राउ परेका छन् । 

सिरहाको कल्याणपुर नगरपालिका वडा नं. २ चतरीघाटबाट २ थान पेस्तोल र २ थान म्यागजिनसहित कल्याणपुर नगरपालिका वडा नं. ३ इटारी पर्साका २१ वर्षीय अहमद मियाँलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनको साथबाट युएसए लेखेको ७ एमएमको स्वचालित पेस्तोल र त्यसको खाली म्यागजिन एक थान, फेट्री ब्राटा युएसए ९ एमएम लेखेको स्वचालित पेस्तोल र त्यसको खाली म्यागजिन एक थान फेला पारिएको  छ ।  

हाल पक्राउ परेका मियाँमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *