यी बालककी आमा जाे स्वदेश फर्कन खाेज्दा अमेरिकाले गर्याे अस्वीकार

कार्तिक २५ ।  सिरियामा तीन आइएस आतंककारीसँग बिहे गर्ने होदा मुथाना अमेरिका फर्कन चाहन्छिन् । यसका लागि उनले फेरि ट्रम्प प्रशासनलाई अपील समेत गरेकी छिन् । 

 आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) मा सामेल भएकोमा माफी माग्दै उनले स्वदेश फर्कने अनुमति मागेकी हुन् । उनी उत्तर दुई सिरियाको अल(रोज शरणार्थी शिविरमा आफ्नो दुई वर्षको छोरासँग बस्दै आएकी छिन्। 

अमेरिकी सरकारले ती महिलाको अपीललाई अस्वीकार गरिदिएको छ । उसले ती महिला आफ्नो देशको नागरिक नभएको समेत दाबी गरेको छ । होदाले अमेरिका फर्कन पाउँ भन्दै अदालतमा मुद्दा समेत हालेकी छिन् ।  उनी अमेरिकाको राहदानीमा सिरिया पुगेकी थिइन् । 

आइएसलाई समर्थन गरेकोमा माफ गर्नुहोस्   

उत्तर पूर्वी सिरियाको अल रोज शरणार्थी शिविरमा विदेशी मिडियालाई दिएको अन्तर्वार्तामा होदाले भनिन्, आईएसलाई सहयोग गरेकोमा मलाई दुःख लागेको छ। 

अमेरिकाले आतंकवादी भन्यो   

अमेरिकाले भनेको छ, होदा यमन कूटनीतिज्ञकी छोरी हुन् । उनको जन्म अमेरिकामा भएको हो । यहाँ जन्मेकै कारण विदेशी कूटनीतिज्ञको बच्चाले यहाँ नागरिकता प्राप्त गर्न सक्दैन । आतंकवादीहरुसँग उनको साँठगाँठ भएको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पेयले भने उनलाई पहिले नै आतंककारी भन्दै आएका छन् । 

आइएसको प्रचारमा सक्रिय 

काउन्टर एक्सट्रिमिजम प्रोजेक्टका अनुसार होदा आतंकवादी संगठन आइएसलाई प्रमोट गर्न सक्रिय रहेकी छिन् । २०१५ मा फ्रान्समा चार्ली हेब्डोको कार्यालयमा भएको हमलामा मुथाना संलग्न थिइन्। यस आक्रमणमा १२ जना मारिएका थिए । मुथाना अमेरिका छँदै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसएस) मा सामेल भएकी थिइन् । अहिले भने घर फर्किन अपिल गरिरहेकी छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *