कामना सेवा विकास बैंक सम्मानित

२०७६ मंसिर १ गते

मंसिर १, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक हुँदै आठौं राष्ट्रिय कर दिवसमा आन्तरिक राजस्व विभाग काठमाडौंबाट सम्मानित भएको छ ।
बैंकलाई आज आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानीत गरेका छन् ।
बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
null

२०७६ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित