गाैरिघाटमा छठ पर्वकाे राैनकः अस्ताउँदो सुर्यलाई अर्घ दिँदै, राष्ट्रपतिद्वारा पुजा अर्चना (फाेटाे फिचर सहित)

कात्तिक १६, काठमाडौं । शुद्धता, सद्भाव र आस्थाको पर्व छठमा अहिले अस्ताउँदो सुर्यलाई पुजा अर्चना गरी अर्घ दिने कार्य भइरहेको छ । तराईका जिल्लाहरुमा मनाईने छठ केहि वर्षयता पहाडी जिल्ला र राजधानीमा पनि फैलँदो छ ।  

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्दछन् ।   

गौरीघाट स्थित बागमती किनारामा राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्यलाई अर्घ दिएर पुजा गरेकी छिन् । गौरीघाट छठ पर्व आयोजक समितिका अनुसार आज बागमतीमा अस्ताउँदो सुर्यलाई अर्घ दिने बर्तालुहरुको ठूलो घुइचो छ । तराईबाट राजधानी आएर बसोबास गर्ने समुदायको बाक्लो उपस्थिति रहेको छ । 

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । 

  

हेर्नुहोस गाैरीघाट बागमती, तस्विरः मकालु खबर 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *