ज्याकेटका कारण साउदी युवराजको अत्याधिक चर्चा

मंसिर ९ ।  साउदी अरबका युवराज मोहम्मद बिन सलमान एक विशेष कारणसहित शाेसल मिडियामा चर्चित भइरहेका छन् । रियादमा फर्मूला ई रेसको एक कार्यक्रममा उनले एक ज्याकेट लगाएका थिए, यसैका कारण उनी चर्चामा छन् । 

उनले लगाएको ज्याकेट ब्रिटिश ब्रान्डको थियो । उक्त ब्रान्डले ट्वीटरमा अरबीमा एक ह्याशट्याग सुरु गर्यो जसको अर्थ थियो, ‘क्राउन प्रिन्सको ज्याकेट’ । त्यसपछि सोशल मिडियामा मोहम्मद बिन सलमानको यो ‘नयाँ लुक’ को प्रशंसा सुरु भयो । 

मोहम्मद बिन सलमानले आफ्नो पारम्परिक सेतो पोशाकमाथि उक्त ज्याकेट लगाए । साथै एभिएटर सनग्लासेस र स्पोर्टस् शुजमार्फत् मध्य–पूर्व र पश्चिमी लुकको एउटा मिश्रण पेश गरे । एक प्रयोगकर्ताले यसलाई ज्याकेटलाई अनलाइनमा खोजर लेखेका छन्, ‘यो यसको सबैभन्दा ठूलो विज्ञापन हो ।’ 

एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो ज्याकेट केही बेरमै सोल्ड आउट भएको छ ।’ 

केही प्रयोगकर्ताले यो ज्याकेट किनेको स्क्रिनसट पनि साझा गरेका छन् । 

यसअघि पनि मोहम्मद बिन सलमान आफ्नो कपडाका कारण चर्चामा आइसकेका छन् । 

सन् २०१६ मा अमेरिकामा फेसबुक संस्थापक मार्क जुकरबर्गसँगको भेटघाटमा उनी सर्ट, ब्लेजर र जिन्समा देखिएका थिए । 

सन् २०१६ को जूनमा आफ्नो अमेरिकी भ्रमणमा उनले वासिङ्टनमा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामा र वरिष्ठ अधिकारीसँग भेटघाट गरेका थिए । 

त्यसपछि उनले माइक्रोसफ्टका सत्या नडेला र फेसबुक संस्थापक मार्क जुकरबर्गलाई पनि भेटे । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *