बलात्कारको आरोप लागेका अनेरास्ववियुका नेता इन्द्रहाङलाई थुनामा राख्ने आदेश

मंसिर ६, काठमाडौँ । आफ्नौ साथीको बहिनीलाई बलात्कार गरेका आरोपमा गत असोज १२ गते पक्राउ परेका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई थुनामा राख्ने आदेश भएको छ । 

बिहीबार राईलाई यायाधीश विनोदकुमार पोखरेलको इजलासले काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मुद्दाको पुर्पक्ष गर्न थुनामा राख्ने आदेश पाएका राईलाई हाल केन्द्रीय कारागार सुन्धारामा राखिएको बताईएको छ । 

उनीमाथी  १८ बर्षिय किशोरीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ ।  रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई  बलात्कारको आरोपपछी उक्त दुवै पदबाट समेत हटाईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *