विराट मेडिकल कलेजद्वारा निःशुल्क औषधी वितरण

२०७६ कार्तिक १९ गते

कार्तिक १९, सप्तरी । सप्तरीको श्री राष्ट्रिय हरिहर नारायण आधारभुत विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सप्तरी स्टार युवा क्लब र विराट मेडिकल कलेजकाे संयुक्त आयोजनामा सम्पन्न उक्त एक दिने स्वास्थ्य शिविरमा स्त्री रोग तथा प्रसुती, हाडजोर्नी तथा नशा रोग विशेषज्ञका साथै जनरल फिजिसियन सर्जरी विभागका विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो ।
सोमबार आयोजित एक दिने स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य सेवाका साथै निःशुल्क औषधी समेत वितरण गरेको थियो ।
उक्त स्वास्थ्य शिविरमा ३ सय भन्दा बढि स्थानियले स्वास्थ्य परिक्षण गरेको विराट मेडिकल केलज शिक्षण अस्पतालका कम्युनिकेसन अफिसर लिना थापाले जानकारी दिइन् ।

२०७६ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित