वडा कार्यालयमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

असोज २७, हेटौँडा । प्रहरीले उत्तरी मकवानपुरको थाहा नगरपालिका–५ वडा कार्यालयमा सोमबार राति भएको आगजनीमा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ ।   

इलाका प्रहरी कार्यालय पालुङले सोमबार राति नगरपालिकाको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनी गरेको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएको हो ।   

पक्राउ पर्नेको नाम सार्वजानिक गरिएको छैन ।   

२६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।   

आगजनीबाट कार्यालयको कागजपत्र, विद्युतीय उपकरण तथा फर्निचर जलेर नष्ट भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =