आठ वर्षपछि पूजाले पाइन् न्याय, सामूहिक बलात्कारमा परेको सर्वोच्च अदालतको ठहर

कात्तिक ८, काठमाडौँ । सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुई जनालाई दोषी प्रमाणित गरेको छ ।   

यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो ।   

सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश दिएको छ । इजलासले दुवै कसुरदारलाई सजाय पछि तोक्ने आदेश दिएको छ । 

null

मुलुकी अपराध संहितामा कुनै पनि व्यक्ति कुनै कसुरमा अदालतबाट कनुनबमोजिम कसुरदार ठहर भइसकेको अवस्थामा ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =